काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा संविधान दिवस अफर ल्याएको छ । २ देखि ४ असोजसम्म लागू हुने यस संविधान दिवस अफर अन्तर्गत निम्न प्रकारका अफरहरु रहेको छ।
- ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमको आफ्नो नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
- १११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने ६ जीबी डेटा प्याकेज
- १९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डेटा प्याकेज
- २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा प्याकेज
- ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डेटा प्याकेज
टेलिकमका ग्राहकहरुले आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेज खरिद गर्न सक्नेछन ।
