४ असोज, काठमाडौं । नेपालमा इन्टरनेट जहिलेसुकै काटिन सक्ने खतरा बढेको छ। नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवा प्रदान गर्ने विदेशी कम्पनीलाई नेपाली कम्पनीहरुको संगठन नेटवर्क सेवा प्रदायक (एनएसपी) ले बुझाउनुपर्ने शुल्क डेढ वर्षदेखि रोकिँदा काटिन सक्ने खतरा बढेको छ। भारतीय कम्पनीलाई तिर्नु पर्ने रकम ७ अर्ब रुपैयाँ पुगेको छ ।
डेढ वर्षदेखि सटही सुविधा नदिँदा नेपाली इन्टरनेट कम्पनीले एयरटेललाई बुझाउन बाँकी रकम ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
